विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं। विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप फुटबलको पुरस्कार राशि बढाएको हो।

फिफाका अनुसार पुरस्कार राशि ५० प्रतिशत बढेको हो। बढेको राशि अनुसार अब विश्व विजेता टिमले ५० मिलियन डलर पुरस्कार पाउने छन् भने उपविजेताले ३३ मिलियन डलर प्राप्त गर्नेछन्।

समूह चरण्णबाट बाहिरिने टोलीका लागि ९ मिलियन डलरको पुरस्कार घोषणा गरिएको छ। फिफाले विश्वकप छनोट भएका टोलीलाई तयारी खर्च भनेर १.५ मिलियनर डलर प्रदान गर्नेछ।

पुरस्कार राशि बढेसँगै विश्व फुटबलमा ठुलो आर्थिक योगदान पुग्ने विश्वास फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्।