सुनको मूल्य बढेको बढ्यै

सुनको मूल्य बढेको बढ्यै

काठमाडौं। सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको तुलनामा आज सुन तोलामा ७०० सय र त्यतिनै परिमाणको चाँदी १७० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

छुटाउनुभयो कि ?