बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।

समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।


दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर अब १६२ रुपैयाँ कायम भएको छ डिजेल/मटिट्तेल १४१ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल/मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।