काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ९०० र चाँदी ७० रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ९०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ४०० कायम भएको छ अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
महासंघका अनुसार चाँदी ७० रुपैयाँले घटेर तोलाको ३ हजार ५५५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।