काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।
मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैरहेको छ।