काठमाडाैं। नेपाली बजारमा सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो। सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
चाँदीको भाउ रेकर्ड नजिक पुगेको छ। महासंघले आजका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ। यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको छ।