काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको छ। अघिल्लो दिन मंगलबार ५ हजार २०० ले बढेको सुन आज ९०० ले वृद्धि भएको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ८०० कायम भएको छ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला चाँदी ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।