काठमाडाैं। मंगलबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सुनकाे मूल्यमा प्रतिताेला ५ हजार २ सय रुपैयाँले बढेको हो।
याेसँगै मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबारको तुलनामा १ हजार ९ सय रुपैयाँले घट्दै सोमबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
चाँदीको मूल्य पनि उच्च अंककै नै बढेको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
आज चाँदीकाे मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ पुगेको छ। आज अन्तर्राष्ट्रिय बजारमा पुन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ४ हजार १४४ डलर छ भने चाँदी प्रतिऔंश ५१.५२ डलर छ।