काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। आज सुन ५ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो। चाँदी आज ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ।