काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। आज सुन ६ हजार ९ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।