पेट्रोलियम मूल्य फेरि उकालो, उपत्यकामा पेट्रोलको मूल्य कति पुग्यो?

पेट्रोलियम मूल्य फेरि उकालो, उपत्यकामा पेट्रोलको मूल्य कति पुग्यो?

काठमाडौं। नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको छ।

निगमका अनुसार भारतबाट पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ मूल्य वृद्धि भएर आएको हुँदा त्यस अनुसार आन्तरिक मूल्य बढाइएको हो। मूल्य परिवर्तन पछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल,मट्टीतेल प्रतिलिटर १४७ रुपैयाँ पुगेको छ।