प्रतिनिधिसभा निर्वाचन : कुलमानको रोजाई काठमाडौं-३ !

प्रतिनिधिसभा निर्वाचन : कुलमानको रोजाई काठमाडौं-३ !

काठमाडौं। सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमा उर्जा, भौतिक पूर्वाधार र सहरी विकासजस्ता महत्वपूर्ण तीन वटा मन्त्रालय लिएका कुलमान घिसिङ राजनीति दल खोलेर चुनावी मैदानमा उत्रिने निश्चित् भएको छ । घिसिङकै प्रमुख संरक्षत्वमा निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता भैसकेको छ । यो दलको कुनैपनि पदमा कुलमानको नाम समावेश गरिएको छैन ।

अहिले यो दलको अध्यक्षमा कुलमानका नजिकका मित्र अनुप उपाध्याय छन् । उनी पूर्व उर्जासचिव हुन् ।कुलमान २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीमा छन् । प्रधानमन्त्री कार्कीले समेत यो सरकारमा सहभागी भएकाहरु कोहीपनि चुनाव नलड्ने भनिसकेकी छिन् ।

तर, कुलमान भने दल खोलेर चुनावी मैदानमा होमिन लागेका हुन् । उनी चुनाव हुनेभन्दा केही समयअघि मात्रै जिम्मेवारीबाट अलग भएर राजनीतिक मैदानमा उत्रिने उनका नजिकका नेताहरुले दाबी गरेका छ्न । २१ फागुनको निर्वाचनमा कुलमान पनि चुनावमा भाग लिने बताईन्छ । उनी कहाँबाट चुनाव लड्ने भनेरसमेत उनको टिमले गृहकार्य थालिसकेको छ ।

०७९ को निर्वाचनमा प्रचण्डले माओवादीबाट चुनाव लड्न भनेका थिए । त्यतिवेला उनलाई काठमाडौंको जुनसुकै क्षेत्रबाट चुनाव लडेपनि हुन्छ भन्ने दबाव थियो । त्यतिवेला पनि कुलमानले आफू चुनाव लडे काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भनेका थिए । यो क्षेत्रमा ०७९ को निर्वाचनमा कांग्रेसका सन्तोष चालिसले जितेका थिए ।

२१ फागुनमा हुने निर्वाचनमा कुलमानले यही क्षेत्रबाट चुनाव लड्ने बताईएको छ । यद्धपी उनलाई रामेछापबाट पनि चुनाव लड्न भनिएको छ । रामेछाप कुलमानको गृहजिल्ला हो ।