सुनको मूल्य घट्यो

सुनको मूल्य  घट्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुन ५ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९  हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो। बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ।