ह्वात्तै बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। आज सुन ४ हजार ९ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो। सोमबार ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ।