काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन २ हजार ९ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ।