सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ। आज सुन ६ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेको हो। बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ।