काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुन ६ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भइरहेको छ।