फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २७०० ले बढेकोछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ।