काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि घटेको छ। चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो। आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ।