सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। 

सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेकोे छ। 

अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ। 

आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।