७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। आइतवार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो।

यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो।

आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ। यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।