काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान जेनजी सरकारले आफूलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइराखेको खुलासा गरेका छन् । उनले यस्तो कुकर्म नगर्न उनले सरकारलाई चेतावनी दिएका छन् ।
राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध आफूले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुनसक्ने उनको दाबी छ ।
उनले फेसबुकमार्फत लेखेका छन्–
वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ। कृपया यस्तो कुकर्म नगरेको राम्रो राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ।
तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमासत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु। छोटो समयका लागि बनेको जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले यदि अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाउँछ भने त्यो सामना गर्न नेपाली युवा सधैँ तयार छन्।
एमालेका अध्यक्षको बासस्थान व्यवस्थापन सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति यो असंवैधानिक सरकार थरथरी कामिरहेको छ। यो मेरो दायित्व हो । र कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन। चेतना भया।