नारायणकाजी र जनार्दन दुवैको प्रस्ताव अस्विकृत, प्रचण्डको प्रस्ताव पारित

नारायणकाजी र जनार्दन दुवैको प्रस्ताव अस्विकृत, प्रचण्डको प्रस्ताव पारित

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अघि सारेको केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन आयोजक समितिमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । दाहालले पार्टी रुपान्तरणको लागि विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

यस्तै, बैठकमा वरिष्ठ उपाध्यक्ष नाराय(ाकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्ताव अस्विकार भएको छ । श्रेष्ठले पार्टीको महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गरिनुपर्ने प्रस्ताव गरेका थिए । उनले पार्टीको कार्यवाहक अध्यक्ष आफूलाई दिन भनेका थिए । उनको यो प्रस्ताव अस्विकृत भएको छ ।

यस्तै, उपमहासचिव शर्माले अघि सारेको प्रस्ताव पदाधिकारी सबैले राजीनामा दिने कुरा पनि अस्विकृत भएको छ । तर, बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष दाहालले शर्मा र श्रेष्ठका फरक मतलाई विशेष महाधिवेशनसम्म लगेर छलफल गरिने प्रतिबद्धता जनाएका छन् । दाहालले आफूले नेतृत्व हस्तान्तरणको तयारी थालिसकेकोले अब पनि अध्यक्षमा बस्न लाग्यो भनेर आशंका नगर्न भनेका छन् । पार्टी रुपान्तरणको लागि अहिलेको बहस तल्लो तहसम्म पुर्याउनपनि नेताहरुलाई दाहालको निर्देशन छ ।