घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तोलाको एक हजार ७ सयले घटेको हो।

बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ। हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको दुई हजार ७ सयमा कारोबार भएको थियो।