देउवाको उपचार छाउनी अस्पतालमा, गधर्नमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइयो

देउवाको उपचार छाउनी अस्पतालमा, गधर्नमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइयो

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भैरहेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्यबारे यस्तो ब्रिफ गरेका हुन् ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुले देउवामाथि सांघातिक हमला गरेका थिए। देउवालाई गम्भीर चोट लागेको र १२ वटा टाँका लगाईएको छ । देउवापत्नी डा. आरजु राणामाथि पनि भौतिक आक्रमण भएको थियो ।

देउवा दम्पत्तिको स्वास्थ्यमा अहिले सुधार आएको छ । तर, चिकित्सकको निगरानीमा नै बस्नु परेकोले अझै केही दिन अस्पतालमा नै रहने बताईएको छ। खड्काले सभापति देउवाको उपचार छाउनीस्थित् नेपाली सेनाको अस्पतालमा भैरहेको जनाईएको छ ।