काठमाडौं। नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो।
आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ।