यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।
                                            
    युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।
 
    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ।
 
    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७  पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ।
 
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १४ पैसा र बिक्रीदर १५ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा तोकिएको छ।
 
    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७२ पैसा रहेको छ।
 
    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।