बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ।