जेनजी आन्दोलनमा ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति

जेनजी आन्दोलनमा ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते आन्दोलनको क्रममा ज्यान गुमाउने प्रहरीका परिवारजनलाई प्रति परिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो । 

भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएका थिए भने धेरै प्रहरीहरुले आफ्नो ज्यान गुमाउनु परेको थियो ।