प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरु

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरु

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ ।

विभिन्‍न देशका समकक्षीले पठाए शुभकामना सन्देश

प्रधानमन्त्री ओली प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो। शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो। यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा।डा। उत्तम शर्मा, प्रा।डा। प्रेम ज्ञवाली, डा। पवनराज चालिसे, डा। सुमन चापागाईं, डा। सुजित पौडेल र डा। मनीष प्रधानसँगै भारतीय डा। अनन्त कुमारसमेत हुनेछन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए ।