काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ।
तर, आज पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो।
गएका चारदिन अहिलेसम्मकै सर्वाधिक मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।
त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा छ। हिजो आज युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ र बिक्रीदर १९१ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८५ र बिक्रीदर ४६२ रुपैयाँ ८२ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३३ र बिक्रीदर ४६३ रुपैयाँ ३३ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४२ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।