जनता र राष्ट्रियताका पक्षमा छु : पूर्वसभामुख महरा

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको हो । स्वागत कार्यक्रममा पूर्वसभामुख महराले आफू सधैँ जनता र राष्ट्रियताका पक्षमा लड्ने बताउनुभयो ।