अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं : अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय सभा सदस्य खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार राति सकिँदैछ । राष्ट्रिय सभा सदस्यकाे कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा उनले राजीनामा दिएका हुन् ।

राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।  तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।