काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लाटफर्महरुलाई निष्कृय गर्ने निर्णय मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको छ।
सामाजिक सञ्जाललाई व्यवस्थित पार्ने सम्बन्धमा सर्बोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको यही भदौ ५ गतेको निर्णय र यही भदौ १९ गते अर्थात आजको मन्त्रीस्तरीय निर्णय बमोजिम भन्दै नेपाल भित्र सञ्चालनमा रहेका विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गर्न भनिएको हो ।
प्राधिकरणका उपनिर्देशक सूर्य प्रसाद लामिछानेले हस्ताक्षर गर्नुभएको सो पत्रमा फेसबुक, यू-ट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायतका सामाजिक सञ्जाल प्लाटफर्महरु रहेका छन ।।
