प्रधानमन्त्रीजी आफैं न्यायाधीश बन्दै हुनुहुन्छ : डिला संग्रौला

बाँके : प्रतिनिधि सभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सरकार भष्ट्राचारलाई संस्थागत गरिरहेको आरोप लगाएकी छन् । ‘विकास पूर्वाधार खर्चमा १० रुपैयाँ वृद्धि गरेर सरकारले धनीलाई पोषण र जनतालाई शोषण गरेको छ’, उनले भनिन्, ‘जनता सिटामोल खान पाएका छैनन्, प्रधानमन्त्रीजी हेलिकप्टरमा जन्मदिन मनाउनुहुछ ।’

मंगलबार प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा नेता संग्रौलाले सरकारको समृद्धि, सुशासन नारामा मात्र सीमित रहेको जिकिर गरिन् । ‘सरकार एकपछि अर्को कान्डमा फस्दै आफै चर्चित भइरहेको छ’, उनले भनिन्, ‘कहिले गोकुलकाण्ड, कहिले केककाण्ड, भनेर संग्रौलाले सरकारको कडा आलोचना गरेकी छिन् ।