रूपन्देही-३ को उपनिर्वाचनमा वैकल्पिक शक्तिबाट साझा उम्मेदवार उठाउनुपर्ने बाबुरामको धारणा

रूपन्देही-३ को उपनिर्वाचनमा वैकल्पिक शक्तिबाट साझा उम्मेदवार उठाउनुपर्ने बाबुरामको धारणा

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रूपन्देही–३ को आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा वैकल्पिक शक्तिहरुले साझा उम्मेदवार उठाउनुपर्ने धारणा व्यक्त गरेका छन् । उक्त निर्वाचन सामान्य नभएर ऐतिहासिक महत्वको पनि हुनसक्ने उनको बुझाइ छ ।

नयाँ र वैकल्पिक शक्तिहरूले एकताबद्ध र सुझबुझपूर्ण तबरले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई प्रष्ट अग्रगामी विकल्पको मार्गचित्रसहित सकारात्मक विजयमा परिणत गर्न सक्नुपर्ने उनको भनाइ छ । यो २०८४ को निर्वाचनकालागि राम्रो प्रारम्भिक रिहर्सल हुनसक्ने उनको अनुमान छ ।

‘नयाँ र वैकल्पिक शक्तिहरूका जिम्मेवार नेताहरूले उक्त निर्वाचन क्षेत्रका राम्रा सम्भावना संगसंगै ठोस विशेषता र चुनौति समेतलाई ध्यान दिएर एक्लाएक्लै डम्फू बजाउनु सट्टा उपयुक्त साझा उमेदवार उठाउने र जनताको भावनालाई कदर गर्नेतर्फ ध्यान दिउन्,’– उनले भनेका छन् ।

प्रतिनिधिसभा सदस्य चयनका लागि रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।