राष्ट्रियसभाका १९ सांसदको कार्यकाल सकिँदै, को–को हुँदैछन् बिदा ?

काठमाडौं : राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । बिदाहुने नेकपाका नौजना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् । भने कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि सकिँएको छ ।

राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल सकिएको छ । समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि सोमबार नै सकिएको छ । भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् । यसैबीच सोमबार दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन हुने भएको छ । आजदेखि बिदाइ हुने सांसदहरुले आजको बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । यस्यैबिच अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ ।

उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए । १८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो ।

जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वा्चित भएका छन् । उनीहरुको सपथ ग्रहण आज हुँदैछ । डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन । वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् । डा. युवराज खतिवडाले आफू दोहोरिने दाबी गर्दै आएका छन् ।