ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।