काठमाडौं : सरकारले कोरोना भाइरस प्रभावित पाँच देशका नागरिकलाई अन अराइभल भिसामा रोक लगाएको छ । यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि चीनसहितका पाँच देशका नागरिकलाई अन अराभइल भिसामा रोक लगाइएको हो । गृह मन्त्रालय स्रोतका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अन अराइभल भिषा बन्द गर्ने भएको छ ।
अहिले पनि आंतकवादी गतिविधि भइरहेका करीव डेड दर्जन मुलुकका नागरिकलाई नेपालले अन अराइभल भिसा दिँदैन । सोही सिलसिलामा अतिप्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए ।
अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउनै भने रोकिएको होइन् । उनीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भने भिषा पाउन सक्नेछन् ।पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।