कोरोना रोकथाममा सतर्कता अपनाउन सांसदहरुको आग्रह

काठमाडौ :प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको तथा झण्डै ८६ हजार मानिसमा सङ्क्रमण देखिएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।