ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। आज पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ। जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो। साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकि गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो।