न्यूनतम पारिश्रमिक निर्धारण समितिकाे अध्यक्षमा अर्याल नियुक्त

न्यूनतम पारिश्रमिक निर्धारण समितिकाे  अध्यक्षमा अर्याल नियुक्त

काठमाडौं : न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त भएका छन् । नेकपानिकट अर्याल तत्कालीन एमालेनिकट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यसअघिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकाल सकिएपछि रिक्त रहेको स्थानमा सरकारले अर्याललाई नियुक्त गरेको हो ।