काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १ घटाएको छ। यस्तै पेट्रोल भने प्रतिलिटर रु २ बढाएको छ।
नयाँ मूल्यसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५८ रुपैयाँ ५० पैसा, एक सय ६० रुपैयाँ र एक सय ६१ रुपैयाँ तोकिएको छ।
इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।