ठूला सभा सम्मेलन नगर्न सरकारको आग्रह

ठूला सभा सम्मेलन नगर्न सरकारको आग्रह

काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै सरकारले सतर्कता अपनाउन थालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिए । उनले समस्या अझ जटिल बनेमा अन्तर्रा्ष्ट्रिय हवाई उडान पनि रोकिन बताए । विश्वब्यापि रुपमा कोरनाको संक्रमण फैलदै गएकाले नेपालमा हुने अन्तराष्ट्रिय सभा सम्मेलन पनि स्थगित गरीने जानकारी दिए ।

मन्त्री ढकालले तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेरसहितका कार्यक्रम नगर्न आह्वान गरेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने सबैको यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने तयारी सरकार रहेको उनले बताए। अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थरमल स्क्रयानर राखिएको उनले बताए ।

’केही समय एयर्पोट पूरै बन्द गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको छ’, उनले भने, ’तर यसबारेमा निचोडमा पुगिसकेका छैनौँ।’ भक्तपुरको क्वारेन्टाइन यथावत स्वास्थ्यमन्त्रालयले चीनबाट ल्याइएका १७५ जनालाई घर पठाएपछि भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनलाई यथावत राख्ने भएको छ । तर ती विद्यार्थी घर फर्किएपछि पनि उक्त क्वारेन्टाइनलाई भने तयारी अवस्थामा राखिने जानकारी दिए ।