दाहाललाई जुत्ता प्रहार गर्ने पूर्वमाओवादी लडाकुका छोरा

दाहाललाई जुत्ता प्रहार गर्ने पूर्वमाओवादी लडाकुका छोरा

काठमाडौँ : आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ ।

रतन तिरुवालाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मी । तस्बिरः सामाजिक सञ्जालबाट

पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवालेदाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिं राठौरले कान्तिपुरलाई बताए।

जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताए।तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले बताए।