काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू जनताका असल छोराछोरी भएको बताएका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन, नेपालद्वारा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। ‘कम्युनिष्टहरु जनताको असल छोरोछोरी भएको उदाहारण भरतमोहन अधिकारी गृहमन्त्री बन्दाखेरि नै दिनुभएको छ’ उनले भने, ‘उहाँलाई हामीले असल अभिभावनको रूपमा लिएका छौँ।’
कम्युनिष्ट आन्दोलनको एक सच्चा नेताका रूपमा अधिकारीले पहिचान दिएको दाहालको भनाइ थियो। ‘मनमोहनको कार्य कुशलताले हामीहरू यहाँसम्म आएको हौँ’ उनले भने, ‘उहाँले दिनुभएको सन्देशलाई स्कुलको रूपमा लिनुपर्छ।’ दाहालले कम्युनिष्टको सरकार आएपछि जनभावनाअनुरूप विकास निर्माणको काम अघि बढेको समेत दाबी गरे।