सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो।  

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो।

यस्तै चाँदीको मूल्य भने बढेको छ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।