प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ ।

यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो ।

वर्षौंदेखि रोगसँग संघर्ष गर्दै
‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका थिए । त्यहाँ उपचार गरेको केही दिनपछि डा। दिव्या सिंहले ग्राण्डी ‘रिफर’ गरेकी थिइन् । ग्राण्डीमा पनि उपचार नभएपछि उनी ओलीसँगै बैंकक गएकी थिइन् ।

बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो । त्यतिबेला कडाखालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त भएका थिए । कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो ।