सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य  बुधबार तोलामा १ सय रुपैयाँले घटेको सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ७६ रुपैयाँ रहेको छ।