नेकपा सचिवालय बैठक बस्दै : विवाद समाधानको पहल गरीने

काठमाडौं: सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान साढे ११ बजे बस्ने बैठकमा पार्टीभित्र देखीएको विवाद समाधानकालागि पहल गरीने बताइएको छ । आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ ।

नेकपा सचिवालयको अघिल्लो बैठकल बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै पार्टीभित्र तिव्र विवाद देखीएको छ । राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि सचिवालयले सर्वसम्मत रूपमा गौतमको नाममा सहमति जुटाए पनि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएका थिए ।

उनले मनोनयन सिफारिसमा सरकार स्वतन्त्र रहेको भन्दै कार्यवधि सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।तर, नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले गौतमलाई नै लैजानुपर्ने मत राखेपछि नेकपामा विवाद छ । यहीबीच बस्न लागेको नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ ।